रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता
शुक्रबार, २३ मङ्सिर २०७९, १७ : ०१
रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानीय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम पश्चात् इन्स्योरेन्सले इटहरी स्थित सनसाइन मेडिकल एण्ड डाइग्नोस्टिक सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको जनाइएको छ ।
कम्पनीका ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनेर सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा