त्रिविबाट १० हजार भन्दा बढी विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाले जानकारी दिए ।
दीक्षान्त समारोहमा ३२ हजार भन्दा बढीको सहभागिता रहेको थियो । २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरूले आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।
उक्त समयावधिमा ६३ हजार १३७ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए । स्नातक तहतर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित भएका हुन् ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी.तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए ।
हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आंगिक क्याम्पस रहेका छन् । उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनः निर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताए ।
ठूलो संख्यामा सहभागिता रहेकाले व्यवस्थापन गर्न निकै गाह्रो भएको उनको भनाई छ । ‘व्यवस्थापन गर्न निकै गाह्रो भयो । ३० हजार कुर्सी कसरी व्यवस्थापन गर्ने भनेर ठूलो चुनौती थियो । बल्ल बल्ल म्यानेज गरियो । अबदेखि त दुई पटक गर्नुपर्ला जस्तो छ ।’ उपकुलपति बास्कोटाले भने । (त्रिविबाट १० हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा क्षमाप्रार्थी छौं । –सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण