बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्स सरकारद्वारा युवाहरूलाई कन्डम निःशुल्क गर्ने घोषणा

शुक्रबार, २३ मङ्सिर २०७९, १६ : ३०
शुक्रबार, २३ मङ्सिर २०७९

फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोले १८ देखि २५ वर्ष उमेरका युवालाई कन्डम निःशुल्क हुने घोषणा गरेका छन् । निःशुल्क कन्डम फार्मेसीहरू मार्फत निःशुल्क उपलब्ध गराइने राष्ट्रपतिले बताएका छन् । युवाहरुमाझ नचाहेको गर्भमा वृद्धि देखिएकाले तिनलाई कम गर्ने प्रयासमा यो कदम चालिएको राष्ट्रपति म्याक्रोले बताएका छन् ।

‘यो नचाहेको गर्भ निरोधकको लागि सानो क्रान्ति नै हो,’ इमानुएल म्याक्रोनले पश्चिमी फ्रान्सस्थित पोइटियर्सको उपनगर फन्टेन–ले–कोम्टेमा युवाहरूसँग स्वास्थ्य बहसको क्रममा कन्डम निःशुल्क हुने घोषणा गरेपछि भने ।

सरकारले यही वर्ष २५ वर्ष मुनिका सबै महिलाहरुलाई निःशुल्क गर्भनिरोधक सेवा ल्याएको थियो । अहिले त्यसलाई विस्तार गर्दै पुरुषले प्रयोग गर्ने अस्थायी गर्भ निरोधक साधन पनि निःशुल्क गरिएको छ । विशेषत विपन्न युवायुवतीहरू आर्थिक कारणले गर्भ निरोधक प्रयोग गर्नबाट बन्चित हुनु नपरोस् भनेर यो कदम उठाइएको बताइएको छ ।

यसअघि पनि डाक्टर वा सुडेनीले रिफर गरेको अवस्थामा फ्रान्सको राष्ट्रिय स्वास्थ्यसेवा प्रणालीले निःशुल्क कन्डम दिन्थ्यो । विगतमा फ्रान्सका नीति नियामकले कन्डमलाई एड्स र अन्य यौन रोगको विस्तारसँग लड्ने साधनको रुपमा मात्र हेर्थ्यो । 

फन्टेन–ले–कोम्टेमा भएको वहसमा फ्रान्समा यौन शिक्षाको समग्र अवस्थाबारे बोल्ने क्रममा राष्ट्रपति म्याक्रोनले आफूहरू यस विषयमा धेरै राम्रो अवस्थामा नरहेको स्वीकार्दै भने– ‘वास्तविकता हाम्रा पाठ्यक्रमका सिद्धान्तभन्दा धेरै फरक छ । यो त्यस्तो क्षेत्र हो, जहाँ हामीले हाम्रा शिक्षकहरूलाई अझ राम्ररी प्रशिक्षित गर्न आवश्यक छ ।’ –द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप