बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिककी गायिका सेलिन डियोनलाई लाग्यो गम्भीर रोग, भावुक हुँदै दिइन् जानकारी

शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ४५
शुक्रबार, २३ मङ्सिर २०७९

टाइटानिक फिल्मको ‘माई हार्ट विल गो अन’ गीतबाट विश्वभरी चर्चामा आएकी क्यानेडेली गायिका सेलिन डियोन एक गम्भीर रोगबाट ग्रसित छिन् । उनले यो कुरा सेलिन डियोनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेर जानकारी दिएकी छिन् । भिडियोमा उनले आफू दुर्लभ रोगबाट ग्रसित भएको खुलासा गरेकी छिन् । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदा उनी निकै भावुकसमेत भएकी छिन् ।

५४ वर्षकी सेलिन डियोनले आफू दुर्लभ रोगबाट ग्रसित भएपनि स्टेजमा पुनः फर्कने कुरामा आफू आशावादी भएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले मनको कुरा बताएकी छिन् । सेलिनले आफ्नो समस्याबारे जानकारी दिँदै भनिन्, ‘तपाईंहरुलाई थाहा नै छ कि म सधै खुला किताबजस्तै हुँ । म पहिला केही भन्नका लागि तयार थिइनँ तर अब म बोल्न चाहन्छु ।’

उनी थप्छिन्, ‘म लामो समयदेखि एउटा रोगले ग्रसित छु । मेरा लागि यी चुनौतीको सामना गर्नु र आफ्नो कुरा बताउन निकै कठिन भइरहेको छ । ’

उनले आफू लाइलाज न्युरोलोजिकल डिसअर्डर स्टिफ पर्सन सिन्ड्रोम (एसपीएस) सँग जुधिरहेको बताउँदै यो रोग लाखौँमा एकजनालाई लाग्नेसमेत बताइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Céline Dion (@celinedion)

कस्तो खालको रोग हो ?

गायिका एउटा यस्तो रोगबाट पीडित छिन् जसले मानिसको मस्तिष्क र मेरुदण्डको हड्डीलाई नराम्रोसँग प्रभावित गर्छ । समय बित्दै जाँदा यो रोगका कारण मानिसको शरीर कडा हुन थाल्छ । गायिकाले दुर्लभ रोगबारे कुरा गर्दै जकडिएको जस्तो महसुस हुने भएकोले उनको दैनिक अत्यधिक प्रभावित भइरहेको बताइन् । कहिलेकाँही हिँड्नसमेत गाह्रो हुने गरेको पनि उनले जानकारी दिइन् । यसका साथै कहिलेकाँही आफू स्वर नलीलाई समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुग्ने बताइन् ।

सेलिन डियोन तीन सन्तानकी आमा हुन् र उनले यो भिडियो सेयर गर्दै आफू हालका लागि आफ्नो स्वास्थ्यमा केन्द्रित रहेको बताइन् । यसै कारणले गायिकाले आफ्नो युरोपियन टुर रद्द गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप