शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक सांसद छान्न जसपाले बोलायो बैठक

शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ०६
शुक्रबार, २३ मङ्सिर २०७९

समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । 

‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप