सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

समानुपातिक सांसद छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ०२
शुक्रबार, २३ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन् । आयोगले शनिबारसम्म समानुपातिक लिष्ट बुझाउन समय निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप