ढोका फोडेर ७ लाखको धनमाल चोरी
शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ०२
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ बाट ७ लाख ८५ हजार बराबरको धनमाल चोरी भएको छ । चन्द्रागिरी–१३ स्थित ३५ वर्षीया रोशनी खरेलको घरमा कोही नभएको अवस्थामा घरको ढोकाको ताला फोडेर सुनका गरगहना र ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ ।
बिहीबार करिब ७ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको बारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !