बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ००
शुक्रबार, २३ मङ्सिर २०७९

बैंक अफ काठमाण्डूको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा साधारणसभामा सम्पन्न भएको हो । 

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि संचालक समितिबाट भएका निर्णयहरु सभाले पारित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप