माओवादी र नेसपाका अध्यक्षसँग कांग्रेस नेता पौडेलको भेटवार्ता
शुक्रबार, २३ मङ्सिर २०७९, १७ : १६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । शुक्रबार पौडेलले माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूसँग गठबन्धनको निरन्तरताका विषयमा कुराकानी भएको पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘गठबन्धनलाई सुदृढ बनाएर लाने र गठबन्धनमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रचण्ड, बाबुराम र महिन्द्रराय यादवसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आफूप्रति उनीहरूको सदभाव रहेको पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण