शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत, जापान र इटाली मिलेर लडाकू विमान बनाउने, अमेरिका पनि संलग्न हुन सक्ने

शुक्रबार, २३ मङ्सिर २०७९, १४ : ५३
शुक्रबार, २३ मङ्सिर २०७९

बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणका लागि हात मिलाइरहेका छन् र आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्नेछन् ।

यो नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुनेछ र यसमा हावामा लड्न सक्ने क्षमता समावेश हुनेछ । यसका साथै यो विमान शत्रुको नजरबाट बच्नसमेत सक्षम हुनेछ ।

यसमा अत्याधुनिक सेन्सरसहित आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिने छ, जसले आवश्यक परे पाइलटलाई सहयोग गर्नेछ । यो विमानले बिस्तारै टाइफुन जेटलाई प्रतिस्थापन गर्नेछ ।

आवश्यक पर्दा, यो लडाकू विमान पाइलट बिना उडान भर्न सक्षम हुनेछ र हाइपरसोनिक मिसाइलहरू प्रहार गर्न सक्षम हुनेछ ।

यस्तो विमान बनाउने काम निकै महँगो साबित हुन सक्छ र अमेरिकी पेन्टागनको एफ–३५ विमान बनाउने परियोजना अहिलेसम्मकै सबैभन्दा महँगो परियोजना हो । यस कारणले गर्दा बेलायतले यो विमानका लागि सहयोगीहरूको खोजी गरिरहेको छ ।

इटालीसँग पहिले नै सहमति भइसकेको थियो । अब यस मामिलामा जापान सम्मिलित हुनुलाई ठूलो कदम मानिँदै छ किनभने इन्डो प्यासिफिकमा चीनको बढ्दो महत्वाकांक्षालाई  ध्यानमा राख्दै जापान पश्चिमी मुलुकका लागि महत्वपूर्ण सहयोगी बनेको छ ।

अमेरिका  यस्तै खालको फाइटर जेट बनाउनमा जुटेको छ । जर्मनी, स्पेन र फ्रान्स पनि यस्तो छुट्टै परियोजनामा ​​काम गरिरहेका छन् ।

बेलायतका लागि यो सम्झौता सुरक्षाका लागि मात्र नभई आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । यसबाट देशमा हजारौं नयाँ रोजगारी सृजना हुने र हतियार निर्यातको बाटो पनि खुल्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप