शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्यो– अध्यक्ष प्रधानाङ्ग

शुक्रबार, २३ मङ्सिर २०७९, १४ : १३
शुक्रबार, २३ मङ्सिर २०७९

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको दावी गरेकी छिन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानाङ्गले भनिन्–‘राजनीतिक भ्रष्टाचार नियन्त्रण नेपालको सन्दर्भमा सबैभन्दा पेचिलो बनेको छ ।’

सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानाङ्ग भन्छिन्– ‘मन्त्रिपरिषदले गरेको निर्णय अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निर्णय मन्त्रिपरिषदबाट हुने गरेका छन् ।’ निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचार विरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उनले बताइन् ।

उनले भनिन्–‘ओम्नि, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निर्णय गर्नुपर्छ ।’ पद्मिनी प्रधानाङ्गले सुराकी संरक्षण र कसुरजन्य सम्पति सम्बन्धी कानुन चाँडो बन्नुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप