सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना
शुक्रबार, २३ मङ्सिर २०७९, १४ : ०८

नेपाल राष्ट्र बैँकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने भएको छ । यस्तो सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै महाशाखाको स्थापना गर्ने भएको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जनाएको छ ।
यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । यसअघि गोएमएलमार्फत राष्ट्र बैंकले यस्ता गतिविधिको अध्ययन गर्ने गर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु