शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एफक्युव सिनेमाजले हलमा फुटबल देखाउने

शुक्रबार, २३ मङ्सिर २०७९, १३ : ३०
शुक्रबार, २३ मङ्सिर २०७९

कतारमा जारी विश्वकप फुटबल अब दर्शकले फिल्म हलको पर्दामा पनि हेर्न पाउने भएका छन् । शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । 

एफक्युव सिनेमाजले विश्वकप फुटबल हलमा देखाउन लागेको हो ।  काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सल फुटबल देखाउनेछ ।  जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउनेछ ।

ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित  सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप