शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक शनिबार बस्ने

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ५९
शुक्रबार, २३ मङ्सिर २०७९

नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । 

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ । 

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची शनिबारसम्म पेस गर्न दलहरुलाई समय दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप