शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असाध्यै पिरो खाएपछि बेस्सरी खोक्न थालिन् महिला, चारवटा करङ भाँचिए

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ४०
शुक्रबार, २३ मङ्सिर २०७९

पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ्यो तर यसपटक खोक्दा भने उनले आफ्नो छातीबाट केही भाँचिएको जस्तो आवाज सुनेकी थिइन् ।

सुरुमा त खासै केही समस्या छैन होला भनेर उनले सोचिन् तर केही दिन पछि उनलाई बोल्दा र सास फेर्दा दुख्न थाल्यो ।

सिटी स्क्यान गर्दा हुवाङको चारवटा करङ भाँच्चिएको पत्ता लाग्यो । डाक्टरले उनको छाती वरपर एक महिनाका लागि ब्यान्डेज लगाउनुपर्ने र आराम गरेर बस्नुपर्ने बताए ।

डाक्टरले करङ सामान्य तरिकाले भाँच्चिनुको मूल कारण उनको शरीरको तौल जिम्मेवार रहेको बताए । उनको तौल असामान्य रुपमा कम थियो ।

पाँच फिट ६ इन्चकी उनको तौल ५७ केजी मात्रै थियो । हुवाङका अनुसार उनको शरीरको माथिल्लो भाग असामान्य रुपमा दुब्लो छ जसका कारण उनको करङ मज्जाले देखिन्छ ।

‘तिम्रो करङ छाला मुनी मज्जाले देख्न सकिन्छ । हड्डीलाई सपोर्ट गर्ने मासु नै छैन, त्यसैले पनि तिमीले खोक्दा करङ भाँचिन सजिलो भयो,’ नाम नखुलाइएका डाक्टरले उनलाई भने ।

करङको चोट निको भएपछि उनले आफ्नो शरीरमा मांसपेशी बढाउन र माथिल्लो भागको तौल बढाउन उचित व्यायाम गर्ने बचन डाक्टरहरुलाई दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप