नेपालमा सङ्घीयताको औचित्य रहेन : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए ।
उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको प्रस्ट्याएको बताउँदै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको बताए । राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उनको दाबी थियो ।
विप्लवले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि स्वाधीन अर्थतन्त्र निर्माणको लागि भएको बताए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी