शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिन्छः प्रधानमन्त्री

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : १३
शुक्रबार, २३ मङ्सिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् । भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गरेको कार्यक्रममा देउवाले भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागिपरेको बताए । 

‘आज भ्रष्टाचारविरद्ध ऐक्वेबद्धता जाहेर गर्ने दिन हो । भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पुरा गर्न सकिन्छ’, देउवाले भने, ‘भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागेको छ ।’
देउवाले भ्रष्टाचारविरद्ध सचेतना कार्यक्रम गर्न जरुरी रहेको पनि बताए । असल अभ्यासको अनुसरण गरेर भ्रष्टाचार अन्त्य गर्दै सदाचार र सुशासनको कार्यमा लाग्न पनि उनले आग्रह गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप