शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोहेलसँग विवाह पछि ट्रोल भइन् हंसिका मोटवानीः भनियो – मिल्ने साथीका श्रीमानलाई पनि छोडिनौ, कर्माले सबै देखिरहेको छ

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ११
शुक्रबार, २३ मङ्सिर २०७९

बलिउड अभिनेत्री हंसिका मोटवानीले प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी छन् । हंसिकाले बिहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेबित्तिकै ट्रोलर्सले उनलाई ट्रोल गर्न थाले । हंसिकाले सोहेल कथुरियासँग विवाह गरेर आफ्नो मिल्ने साथीलाई धोका दिएको ट्रोलर्सको भनाइ छ ।

वास्तवमा सोहेल कथुरियाकी पहिलो पत्नी रिंकी बजाज हंसिकाकी सबैभन्दा मिल्ने साथी हुन् । हंसिकासँग सम्बन्धमा आउनुअघि सोहेलले रिंकीसँग सम्बन्धविच्छेद गरेका थिए । सोहेल र रिंकीले २०१६ मा विवाह गरेका थिए ।

हंसिका नराम्रोसँग ट्रोल भइन्

हंसिका मोटवानीले आफ्नो विवाहको तस्बिर सेयर गर्ने बित्तिकै ट्रोलर्सको कमेन्ट सेक्शनमा बाढी आएको छ । एक प्रयोगकर्ताले हंसिकाको तस्बिरमा लेखेका छन्, ‘कर्माले देखिरहेको छ, तिमीलाई लाज लाग्नुपर्ने हो ।’ यस्तै अर्का एकजनाले लेखेका थिए, ‘आफ्नो सबैभन्दा मिल्ने साथीका श्रीमानसँग विवाह गरेकोमा तपाईंलाई धेरै धेरै बधाई, आशा गरौँ तपाईंकी सबैभन्दा मिल्ने साथीले पनि त्यहि गरुन् जुन तपाईंले आफ्नो मिल्ने साथीलाई गर्नुभएको छ ।’

एक ट्रलरले लेखेका छन्, ‘तिमीले सोहेलसँग बिहे गरेर आफ्नो साथी रिंकीलाई धोका दिएकी छौ । हंसिकाको तस्बिरमा एकजनाले लेखेका छन्, ‘कसैको जीवन कहिले पनि बर्बाद नगर्नुहोस्, विशेष गरी जब उनीहरु तपाईंसँग नजिक छन् ।’

किन आइरहेको छ यस्तो कुरा ?

वास्तवमा, हंसिका मोटवानीले जोसँग विवाह गरेकी छि, उनी उनका मिल्ने साथी रिंकी बजाजका पूर्व पति हुन् । हंसिकाको बिहेको केही दिन अगाडि एउटा भिडियो भाइरल भएको थियो जसमा हंसिका सोहेल र रिंकीको बिहेमा सहभागी भएको देखिएकी थिइन्, सोहेल र रिंकीको बिहेमा पनि उनी मज्जाले नाचिरहेको देखिएकी थिइन् ।

सन् २०१६ मा गोवामा भएको यस डेस्टिनेशन वेडिंगको भिडियोमा रोका सेरेमनी, पूल पार्टी र संगीत समारोहलगायत हरेक कार्यक्रममा हंसिका, सोहेल र रिंकीलाई देख्न सकिन्छ ।

राजस्थानमा शाही विवाह

हंसिका मोटवानीले ४ डिसेम्बर २०२२ मा राजस्थानको ऐतिहासिक मुन्डोटा फोर्टमा सोहेल कथुरियासँग विवाह गरिन् । यस शाही विवाहमा धेरै पाहुनाहरू उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप