बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी राष्ट्रपति पुटिन पुगे किर्गिस्तान, आखिर के हो मामिला ?

शुक्रबार, २३ मङ्सिर २०७९, १० : ५२
शुक्रबार, २३ मङ्सिर २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार हुने युरेशियन इकोनोमिक सम्मेलन (ईईयू) मा भाग लिनका लागि किर्गिस्तान पुगेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनका विदेश नीति मामिलाका सल्लाहकार युरी युशाकोभले बिहीबार पत्रकारहरूलाई यस सम्मेलनमा प्रान्तीय स्तरमा ग्यासको बजार विकास गर्ने विषयमा छलफल गरिने बताइन् ।

रुसले गत महिना चीनजस्ता अन्य मुलुकमा निर्वाध रुपमा ग्यास पुर्याउन सकियोस् भनेर आफूहरुले कजाकिस्तान र उज्वेकिस्तानसँग ‘ग्यास युनियन’ को सम्भावनाबारे छलफल गरिरहेको जानकारी दिएको थियो ।

युरेशियन आर्थिक सम्मेलनमा रुसबाहेक आर्मेनिया, बेलारुस, कजाकिस्तान र किर्गिस्तान सहभागी हुनेछन् ।

यसअघि बिहीबार पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले प्रस्तावित ग्यास युनियनमा मध्य एसियाली देशहरूमा राजनीतिक शर्त नलगाइने बताएका थिए ।

रूस प्राकृतिक ग्यासको प्रमुख निर्यातक हो, जबकि कजाकिस्तान र उज्बेकिस्तानले उत्पादन जत्तिकै खपत गर्छन् ।

तर, दुवै देश रुससँग ग्यास पाइपलाइनमार्फत जोडिएका छन् र रुसबाट चीन जाने पाइपलाइन पनि यी देशहरू हुँदै जान्छ ।

रुसको आधिकारिक समाचार एजेन्सी टासका अनुसार पुटिनले यतिबेला आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानसँगको भेटघाटलगायत विभिन्न द्विपक्षीय वार्ता पनि गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप