शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

शुक्रबार, २३ मङ्सिर २०७९, १० : १५
शुक्रबार, २३ मङ्सिर २०७९

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनाललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । 
कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइत भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरले बाटो काट्ने क्रममा दुर्घटना भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप