शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार, समानुपातिक सांसद चयन गरिने

शुक्रबार, २३ मङ्सिर २०७९, १० : ०५
शुक्रबार, २३ मङ्सिर २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ । 

पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । यो विषय पनि बैठकमा छलफलको एजेन्डा बन्ने एक नेताले बताए । 

पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप