बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तानसेन–रिडी सडकमा दैनिक १० घण्टा यातायात बन्द

शुक्रबार, २३ मङ्सिर २०७९, ०९ : ४२
शुक्रबार, २३ मङ्सिर २०७९

पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बिहीबारदेखि सडक बन्द गरिएको हो । 

मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गरेर जानकारी गराएको छ ।

सूचनामा सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाइएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ । 

उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप