मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बीमा प्राधिकरणले माग्यो कर्मचारी

शुक्रबार, २३ मङ्सिर २०७९, ०७ : ३८
शुक्रबार, २३ मङ्सिर २०७९

नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ ।  कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम् योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ । 

योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्ने छन् । दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिनेछ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप