बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने

बिहीबार, २२ मङ्सिर २०७९, २२ : २४
बिहीबार, २२ मङ्सिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए ।

बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रदर्शन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।

“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उनले भने, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।” प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उनले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताए । पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उनले भने, “मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।” 

सरकारबारे नसोचेको भन्दै उनले एजेन्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप