युरोपेली आयोगद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव
बिहीबार, २२ मङ्सिर २०७९, २१ : ३५
युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।
‘रुसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रुसलाई यसको क्रूरताको लागि जवाफ दिँदैछौँ’ उर्सुला भोन डरले बताइन् ।
युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दनाले बनाइन् इतिहास, झागर समुदायबाट बनिन् पहिलो मन्त्री
-
अर्को निर्वाचनसम्म यही समीकरण जान्छ : मुख्यमन्त्री कार्की
-
रोजगारीका लागि १५ दिनभित्र स्पष्ट कार्ययोजना बनाउन सर्वोच्चको आदेश
-
अण्डाको मूल्य बढ्यो
-
बहुमत कायमै रहँदा प्रधानमन्त्रीले किन लिँदैछन् विश्वासको मत ?
-
दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा