सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम
बिहीबार, २२ मङ्सिर २०७९, २० : ५६
![सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम](https://rpcdn.ratopati.com/media/albums/ck_raut_nqXtpXAQQg.jpg)
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । उक्त पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै ५ जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ ।
बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।