वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सुरु

पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । सो अवसरमा प्रमुख सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताए ।
उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।
यही मंसिर २८ गतेसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला