मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अभ्यास गरिने

बिहीबार, २२ मङ्सिर २०७९, २० : २०
बिहीबार, २२ मङ्सिर २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले भोलि २३ गते आपत्कालीन अभ्यास गर्ने भएको छ । कार्यालयले विमानस्थल परिसरमा ठुलो धुवाँको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने जनाएको हो ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकेको छ । नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेसँगै उडान हुनु पूर्व क्यालिब्रेसन फ्लाइट भएको हो ।

कम्पनीले १ हप्तासम्म गरिएको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन बुझाएको छैन । कम्पनीका अनुसार अब १ सातामा प्राधिकरणलाई बुझाइनेछ । पुस १७ मै उडान भर्न अझै थुप्रै खुड्किला पार गर्नुपर्ने अवस्था छ । 

यसमध्येको पहिलो खुड्किलो पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटान हो । १६ मिटर काटेर क्यालिब्रेसन फ्लाइट गरे पनि अझै २४ मिटर काट्न बाँकी छ । पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि यसको ठेक्का सम्झौता वैशाखसम्म छ । 

विमानस्थल सञ्चालनको अर्को प्रमुख समस्या पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट हो । रिठ्ठेपानी डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा अहिलेसम्म ल्यान्डफिल साइट पुर्ने काम सुरु भएको छैन । महानगरले मङ्सिर १८ गते आइतबारदेखि पोखरा १४ मा रहेको ल्यान्डफिल साइटमा फोहोर नफाल्ने भने पनि फोहोर व्यवस्थापनको अर्को विकल्प नहुँदा सोही ठाउँमा फोहोर पुगिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप