शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा जाने जनमत पार्टीको निर्णय

समानुपातिक नामको पनि टुङ्गो लगाइयो
बिहीबार, २२ मङ्सिर २०७९, २० : ०३
बिहीबार, २२ मङ्सिर २०७९

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । 

जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप