शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुनसक्छ : चन्द्र ढकाल

बिहीबार, २२ मङ्सिर २०७९, १७ : ५१
बिहीबार, २२ मङ्सिर २०७९

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने बताएका छन् ।  बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

ढकालले सरकारले १५ सय मेगावटसम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताए । उनले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताए । उनले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रसारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताए ।

उनले भने– ‘अर्बौं लगानी गरेर निजी क्षेत्रले विद्युत उत्पादन गरेको अवस्था छ । त्यसरी उत्पादन गर्ने व्यवसायीहरूको धेरै गुनासो रहेको छ । विद्युत प्रशारण र वितरणको लागि पूर्वाधार विकास नहुँदा उत्पादित विद्युत प्राधिकरण लिन सकेको छैन । अर्बौ रुपैयाँ लगानी गरेका पिपिए हुने अवस्था रहेका आयोजनाहरुको पिपिए भएको छैन । मन्त्रीपरिषद्ले १५ सय मेगावटको पिपिए गर्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन । निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको छ । जसरी जलविद्युतमा भएको लगानी रहेको छ यति पिपिए गर्न ढिला ग¥यो भने निजी क्षेत्रले लगानी गरेको खर्बौं रुपैयाँ अलपत्र पर्ने अवस्था छ । यस्ता आयोजनाहरु अगाडि बढाउन अनुमति दिइएन भने निजी क्षेत्र निरुत्साहित हुनेछ । समग्र निजी क्षेत्र निरुत्साहित हुनु भनेको विगतमा भएको १८ घण्टाको लोडसेडिङ हुनसक्ने अवस्था आउनसक्छ । त्यसले गर्दा तत्काले पिपिए खोल्नु आवश्यक रहेको छ ।’

ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खर्बांैको लगानी अलपत्र पर्ने बताए । उनले जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने दाबी गरे । वरिष्ठ उपाध्यक्ष ढकालले बजारमा बैंकिङ तरलता, ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताए. । उनले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताए ।

उनले भने– ‘अहिले अर्थतन्त्रमा देखिएका बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले संकटमा जान्छ की भन्ने आशंका रहेको छ । त्यसलाई प्राथमिकता दिएर आउने सरकारले समाधान गर्ने अपेक्षा छ । अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको नै समस्या हो ।’

त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको बताए । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने दाबी गरे । उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले अर्थतत्र सुदृढ बनाउनका लागि राज्यस्तरबाट भएका प्रयासहरु अपर्याप्त रहेको बताए ।

उनले सरकारलाई उद्योगी व्यवसायीहरुले उद्योग क्षेत्रका समस्या समाधानको माग गरेको वर्ष दिन बितिसकेको बताए । उनले व्यवसायीहरुका समस्या समाधान नभई व्यवसायमा फर्कनसक्ने अवस्था नभएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप