शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्वीटरमा विश्वप्रकाश र रवीन्द्र मिश्रबीच सवालजवाफ

बिहीबार, २२ मङ्सिर २०७९, १७ : १५
बिहीबार, २२ मङ्सिर २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच ट्वीटरमा सवाल जवाफ चलेको छ । यी दुई नेताबीच सैद्धान्तिक विषयमा सवालजवाफ चलेको हो । 
शर्माले दिएको एक अभिव्यक्तिलाई आफ्नो विचारसँग जोडेर मिश्रले शर्मालाई ‘यत्रो वर्ष राजनीति गरेर राजनीति नै बुझ्नु भएको रहेनछ’ भनेर ठट्टा गरेका छन् । उनले शर्माको राजनीतिक बुझाइ सतही भएको ठट्टा गर्दै भनेका छन्, ‘ वाद÷विचार भन्दा माथि पनि विकास/देश हुन सक्छ र भन्या? यत्रो वर्ष राजनीति गरेर राजनीति नै बुझ्नुभएको रहेनछ। तपाईँको राजनीतिक बुझाई यति सतही होला भनेर मैले सोचेकै थिइनँ । अब तपाईँका ‘अग्रगामी’ साथीहरूले तपाईँको खिल्ली उडाउने भए !’

जवाफमा शर्माले आफू विचारका लागि लडेकाले विचारको पक्षमा दृढ रहेको उल्लेख गरेका छन् । शर्माले भनेका छन्, ‘ अनि’नि आदरणीय रवीन्द्र मिश्रजी, विश्वप्रकाशले यस्तो कुरा कहाँ बोलेको रहेछ ? हतारिएर ट्वीट गर्नुअघि समाचारमा उल्लेख कार्यक्रमको पुरै भिडियो हेर्नु भएको भए जाती हुन्थ्यो नि । प्रष्ट गर्छु ल– विचारका लागि लडेको विश्वप्रकाश विचारको पक्षमा दृढसँग उभिन्छ ।’

झापामा आयोजित एक कार्यक्रममा शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरूरी रहेको अभिव्यक्ति दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप