मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा ट्रक र माइक्रोबस ठोक्किँदा एक महिलाको मृत्यु

बिहीबार, २२ मङ्सिर २०७९, १६ : ५४
बिहीबार, २२ मङ्सिर २०७९

तनहुँमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङजाको हरिनास गाउँपालिका–२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नौजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप