मोटरसाइकलको ठक्करबाट गोठगाउँमा पैदलयात्रीको मृत्यु
बिहीबार, २२ मङ्सिर २०७९, १६ : ५०
मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा