शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिम सेती आयोजना छिट्टै बन्छ : देउवा

बिहीबार, २२ मङ्सिर २०७९, १६ : ४०
बिहीबार, २२ मङ्सिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती आयोजना छिट्टै सम्पन्न हुने बताउका छन् । धनगढीमा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् ।

सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने उनको धारणा थियो ।

यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ । १५ बुँदे मागसहित देउवालाई महोत्सवमै १५ किलोको माला लगाइएको हो । १५ बुँदे मागमा गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायत रहेका छन् । 

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो । महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन् । कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक अन्य स्टल रहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप