शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के पृथ्वीमा अब पुरुष जन्मँदैनन् ?

बिहीबार, २२ मङ्सिर २०७९, १६ : २३
बिहीबार, २२ मङ्सिर २०७९

एक दिन यस्तो समय आउनेछ जब महिला र पुरुषबीचको भिन्नता समाप्त हुनेछ । पृथ्वीमा पुरुषको जन्म नै हुनेछैन । सायद त्यतिबेला महिलामात्रै बाँकी हुनेछन् । पृथ्वीमा पुरुष नभए उनीहरुको स्थान कसले लेला ? कस्ता खालका जीव पैदा हुनेछन् । मानिसको पीढि कसरी अघि बढ्नेछ । किनभने पृथ्वीमा धेरैजसो प्रजनन वा पीढिलाई अघि बढाउने काम भाले र पोथी मिलेर गर्छन् । यो प्रश्न यसकारण पनि उठिरहेको छ किनभने अब मानिससमेत थुप्रै स्तनधारी जीवमा वाई क्रोमोजोम नष्ट भइरहेको छ ।

मानिसको वाई क्रोमोसोम क्रमशः नष्ट भइरहेको छ । अर्थात् एउटा समय यस्तो आउनेछ जब केटाहरु जन्मन नै छोड्नेछन् । यस्तो अवस्थामा के कुनै नयाँ सेक्स जिन विकसित हुनेछ ? यो एउटा ठूलो प्रश्न हो । हालै प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्स जर्नलमा यस विषयमा एउटा रिसर्च पेपर छापिएका ेछ । जसमा भाले जन्माउने जिन्स नष्ट भइरहेको बारे अनुसन्धान गरिएको छ ।

सुरुमा यहाँ बुझौँ कि वाई क्रोमोजोमले मानिसको लिङ्ग कसरी निर्धारण गर्छ ? अर्थात् महिला र पुरुष कसरी जन्मन्छन् ? मानिस र थुप्रै अन्य स्तनधारी जीवमा पोथीसँग दुईवटा एक्स क्रोमोजोम हुन्छ । जबकी भालेसँग एउटा एक्स र अर्को सानो क्रोमोजोम वाई हुन्छ । यसको नामले यसको आकारलाई परिभाषित गर्दैन । तर एक्समा ९०० जिन्स हुन्छ जसले यस्तो काम गर्छ जसको लिंग निर्धारणसँग कुनै मतलब छैन । अर्थात् यसले महिला वा पुरुष निश्चित गर्दैन ।

वाई क्रोमोसोम भ्रुणले बन्छ छोरा–छोरी

वाई क्रोमोसोममा करिब ५५ जिन हुन्छन् । यसबाहेक थुप्रै नन–कोडिङ डिएनए पनि छन् । वाई क्रोमोसोम अकारमा एक्सभन्दा सानो हुन्छ । योसँग जिन पनि कम हुन्छ तर यसले नै भ्रणमा विकसित हुने बच्चा छोरा हुने वा छोरी भन्ने निश्चित गर्छ । साधारणतया जब गर्भधारण भएको १२ हप्ता पछि मास्टर सेक्स जिनले अन्य जिनलाई पुरुष टेस्टिस निर्माण र भनेर निर्देशन दिन्छ । भ्रुण बनाउने टेस्टिसले नै पुरुष हर्मोन्स निकाल्छ जसका कारण छोराको जन्म हुन्छ ।

मास्टर सेक्स जिनलाई एसआरवाई (सेक्स रिजन अन द वाई) को रुपमा चिनिन्छ । धेरैजसो स्तनधारीमा मानिस झैँ एक्स र वाई क्रोमोजोम हुन्छ । सबैको एक्ससँग धेरै जिन्स हुन्छन् । तर वाईससँग शक्तिशाली एसआरवाई प्लसको सुविधा हुन्छ । अष्ट्रेलियाका प्लेटिपस नामका जनावरमा सामान्य जीन हुन्छ एक्सवाई । जस्तै मानिसको एक्सएक्स हुन्छ । प्लेटीपसमा एक्स र वाई एक समान हुन्छ । यसको अर्थ स्तनधारीमा एक्सवाई सामान्य हुँदैन ।

१.१० करोड वर्षमा वाई क्रोमले आफ्नो अस्तित्व गुमाउनेछ

१६.६ करोड वर्षमा वाई क्रोमोसोम ९०० जिनभन्दा कम भएर ५५ जिन्समा आएको छ । जबकी मानिस र प्लेटिपस एकसाथ विकसित भइरहेका थिए । यसको अर्थ यो हो कि हरेक १० लाख वर्षमा मानिसको वाई क्रोमोसोमले ५ वटा जिन गुमाइरहेको छ अर्थात् अबको १.१० करोड वर्षमा मानिसको वाई क्रोमोजोमले पूर्ण रुपमा आफ्नो जिन गुमाउनेछ । र त्यसपछि पुरुषहरु जन्मिन रोकिन्छन् । तर प्रश्न के उठ्छ भने यदि पुरुषका लागि के नयाँ जिन बन्नेछ ?

मुसाका दुई प्रजातिबाट वाई क्रोमोजोम सिद्धिसकेको छ । तर यी मुसा बाँचिरहेका छन् । पूर्वी युरोपको मोल वोल्स र जापानको स्पाइनी र्याट्स । यसको शरीरमा वाई र एसआरवाई क्रोमोजोम नष्ट भइसकेका छन् । तर दुबै लिंगमा अर्थात् भाले र पोथीमा एक्सएक्स क्रोमोजोम देखिइरहेको छ । यस्तो किन भइरहेको छ भनेर वैज्ञानिकहरुले बुझ्न सकेका छैनन् । यद्यपि, अनुसन्धान चलिरहेको छ । यी दुबै मुसामा एसआरवाई जिन छैन ।

त्यसो भए धर्तीबाट पुरुष गायब हुनेछन् ?

वाई क्रोमोजोम नष्ट हुन्छ भन्ने खालका कुरा आएपछि अब के पुरुषको जन्म नै हुँदैन भन्ने हो त भनेर चर्चा भइरहेका छन् । विश्वमा केही छेपारो र सर्पका प्रजाति यस्तै छन् जहाँ पोथी मात्रै छन् । यिनीहरु आफैँले प्रजनन गराएर पीढिलाई अघि बढाइरहेका छन् । यसलाई पार्थेनोजेनेसिस भनिन्छ । तर यो मानिस र स्तनधारीमा सम्भव छैन । हामी मानिसलाई प्रजनन गराउनका लागि वीर्य र अण्डाको आवश्यकता हुन्छ । यदि वीर्य चाहिन्छ भने पुरुष त चाहिन्छ नै ।

वाई क्रोमोजोम यदि नष्ट भयो भने पूरा मानिसको प्रजाति नै नष्ट हुन धेरै समय लाग्दैन । तर ‘वाई’ को साटो अन्य कुनै क्रोमोजोम विकसित हुने सम्भावना पनि रहेको छ । तर हालका लागि यसबारे थप जानकारी दिन वैज्ञानिकका लागि सम्भव छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप