सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ

बिहीबार, २२ मङ्सिर २०७९, १५ : ४६
बिहीबार, २२ मङ्सिर २०७९

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ (सनराइज क्यापिटल) निर्वाचित भएका छन् । बिहीबार भएको नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । 

संघको उपाध्यक्षमा पारस मणी ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआइसि एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिष नारायण जोशी (नबिल इन्भेष्टमेण्ट बैकिङ) निर्वाचित भएका छन् । 

यसैगरी सदस्यहरुमा नारायण प्रसाद घिमिरे (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नविन बास्कोटा (नेपाल लाइफ क्यापिटल) र मानार्थ सदस्यमा निवर्तमान अध्यक्ष मेख बहादुर थापा (एनआइविएल एस क्यापिटल) चयन भएको संघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप