बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अलेमाको एजुकेसन फेयर : विदेश पढ्न जाने रहर भएका तर अलमलमा परेकाका लागि विशेष अवसर

आफूले जीवनमा के खोजेको हो, त्यसलाई पहिचान पनि गर्नुपर्छ : डेल एन
बिहीबार, २२ मङ्सिर २०७९, १५ : ४४
बिहीबार, २२ मङ्सिर २०७९

विदेशमा उच्च शिक्षा हासिल गर्न चाहनेहरूको जमात ठुलो छ । त्यति जमात देखेर नै च्याउसरी एजुकेसन कन्सल्टेन्सी खोलिएका पनि छन् । तर सबै कन्सल्टेन्सीले विद्यार्थीको हितमा काम गर्छन् भनेर यकिनका साथ भन्न सकिन्नँ । त्यसैले धेरै विद्यार्थीहरू कुन कन्सल्टेन्सी जाने, कोसँग कुरा गर्दा आफ्नो मनको कुरा भन्न सकिन्छ भनेर अलमलमा परेका हुन्छन् । यही अलमलका बीच अलेमा एजुकेसन एन्ड माइग्रेशन विदेशमा उच्च शिक्षा हासिल गर्न चाहनेहरूको उत्कृष्ट रोजाई हुनसक्छ किनभने यो संस्थाले नेपालमा मात्रै नभई अस्ट्रेलिया गइसकेपछि पनि तपाईंलाई आवश्यक परामर्श र सहयोग प्रदान गर्नेछ । 

अलेमाको पश्चिमी अस्ट्रेलिया पर्थमा स्थित शाखाले विद्यार्थीलाई सहज बनाउनका लागि यथासक्दो प्रयास गर्ने गर्छ । अस्ट्रेलिया शाखाकी निर्देशक डेल एन एक मनोविद् हुन् र मानसिक स्वास्थ्यमा सक्रिय छिन् । त्यसैले पनि उनले आफ्ना विद्यार्थीहरूलाई अन्य आवश्यक सहयोगका साथै मानसिक रुपमासमेत बलियो बनाउन विशेष ध्यान दिने गरेकी छिन् । अलेमाले आउँदो शनिबार (मंसिर २४) मा  एजुकेसन फेयरको समेत आयोजना गर्दैछ । ११ बजेदेखि ४ बजेसम्म लाजिम्पाटस्थित जापानी एम्बेसीको अगाडिपट्टी एम्बेसी रेष्टुरेन्टमा यो एजुकेनशन फेयरको आयोजना हुँदैछ ।

उनै एनले अस्ट्रेलिया तथा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर रातोपाटीसँग कुराकानी गरेकी छिन् । 

एक मनोविद्ले अलेमा खोल्नुको उद्देश्य के हो ?

अस्ट्रेलियामा म मनोविद्को रूपमा काम गरिरहेकी छु । मेरा श्रीमान् नेपालका हुन् । त्यसैले म थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीसँग पनि काम गरिरहेकी छु । तीमध्ये धेरैजना अस्ट्रेलियामा घुलमिल हुन संघर्ष गरिरहेका थिए । धेरै जनालाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या थियो । मैले यसबारे  श्रीमान्सँग पनि कुरा गरेँ । उनलाई ‘अस्ट्रेलियामा उच्च शिक्षाका लागि विद्यार्थीसँग जस्तो व्यवहार गरिन्छ, त्यो मलाई मन परिरहेको छैन’ भनेँ । विद्यार्थीमा मानसिक समस्या देखिनु यो पनि एउटा कारण हो जस्तो मलाई लाग्यो ।  त्यसैले मैले एउटा यस्तो बिजनेसको स्थापना गरेँ जुन मेरो पर्थमा भइरहेको बिजनेससँग मेल खान्थ्यो । त्यसको नाम ‘अ लिटल एजुकेसन माइग्रेशन एजेन्सी’ ALEMA (अलेमा) राख्यौँ । यो एजेन्सीको बेसिस भनेको ‘हाम्रो परिवार तपाईंको परिवारलाई सहयोग गर्न तयार छ’ भन्ने हो । हामीले हाम्रो ढोकासम्म आइपुग्ने प्रत्येक विद्यार्थीलाई आफ्नो परिवार जस्तै ठान्छौँ र उनीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि सक्दो प्रयास पनि गर्छौँ । 

च्याउसरी उम्रिएका कन्सल्टेन्सीमध्ये अलेमा कसरी भिन्न छ ?

काठमाडौँमा मात्रै होइन, पर्थमा पनि त्यति नै धेरै एजुकेसन कन्सल्टेन्सी छन् । यो नयाँ व्यवसाय फिटिक्कै होइन । अलेमा अलि भिन्न छ किनभने हाम्रो उद्देश्य एउटै छ र त्यो हो विद्यार्थीको आवश्यकता । कहिलेकाहीँ यस्तो पनि लाग्छ कि यो हाम्रो लागि उत्कृष्ट फाइनान्सियल डिसिजन होइन । हामीलाई केही मानिसहरु आएर भन्ने गर्छन् कि मलाई मेरो दाइले म अस्ट्रेलिया जानुपर्छ र अकाउन्टिङ पढ्नुपर्छ भन्नुभएको छ, त्यसैले म त्यस्तै गर्छु । तर जब उनीहरू अस्ट्रेलिया गएपछि त्यो मन पर्दैन । उनीहरूले कोर्स नै बुझ्दैनन् । उनीहरूले आफू के गर्दैछु भन्ने पनि बुझ्दैनन् । म एक मनोविद् भएका कारण पनि समस्या के कारणले भइरहेको छ भनेर सूक्ष्म ढङ्गले केलाउने गर्छु । कतिलाई पढाइसँग नै समस्या हुने रहेछ । त्यहाँ विद्यार्थीलाई कलेज परिवर्तन गर्न सहयोग गर्छौँ । डिप्रेसनबाट ग्रसित, होम सिक्नेसबाट ग्रसित तर यसबारे आफैँलाई थाहा नभएका विद्यार्थीसँग कुरा गर्ने गर्छौँ, चाहिएको सहयोग गर्छौँ । 

त्यसैले हाम्रो उद्देश्य के हो भने उनीहरूलाई सुरुवाती अवस्थादेखि नै कस्ता खालका सहयोग चाहिन्छ, त्यो प्रदान गर्छौँ ताकि विद्यार्थीले कुनै समस्या भोग्नु नपरोस् । प्रत्येक विद्यार्थीले व्यक्तिगत रूपमा नै सेवा पाउन् भन्ने पनि हाम्रो उद्देश्य हो । हामी सुरुदेखि अन्त्यसम्मै सहयोग प्रदान गर्न तत्पर छौँ । विद्यार्थीहरू अस्ट्रेलियामा आइपुगेपछि पनि हामी उनीहरूलाई चाहिएको सहयोग प्रदान गर्छौँ । उनीहरूले खतरा पढ्छन्, सबै परीक्षामा पास हुन्छन् भनेर हामीले ग्यारेन्टी दिन सक्दैनौँ । तर हामीले के ग्यारेन्टी दिन सक्छौँ भने उनीहरूले विदेशी भूमिमा पनि सहयोग पाउनेछन् । 

अन्य युनिभर्सिटी तथा कलेजमा आबद्धता छ ?

हामी यो क्षेत्रमा नयाँ छौँ । हामीले हाम्रो आबद्धताका लागि पहल सुरु गरिरहेका छौँ । अहिलेका लागि हाम्रो आबद्धता पर्थकै चार–पाँचवटा युनिभर्सिटीमा भइसकेको छ । हामीले अन्य कन्सल्टिङ एजेन्सीसँग समन्वयका लागि पनि कुराकानी सुरु गरेका छौँ । तर पनि हामी अस्ट्रेलियाको जुनसुकै कलेज र युनिभर्सिटीमा विद्यार्थी भर्नाका लागि समन्वय गर्न सक्षम छौँ ।

यहाँबाट कस्ता खालका भिसाका लागि प्रोसेसिङ गरिन्छ ?

एक व्यक्ति के का लागि दक्ष छ, त्यसलाई हेरेर हामी भिसा प्रोसेसिङ गर्छौँ । विशेषगरी विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि नै हो, हामीले काम गर्ने भनेको । टुरिस्ट भिसा, सिटिजन पाइसकेका छोराछोरीसँग बस्न चाहने अभिभावकका लागि, कसैलाई बाहिर गएर काम गर्न मन छ भने पनि हामी यस्ता भिसाका लागि काम गर्छौँ । 

एजुकेसन फेयरको आयोजना किन ?

हाम्रो कम्पनीले हाल बेबी स्टेप लिइरहेको छ । हाम्रो कम्पनीबारे जानकारी दिन पनि हामीले एजुकेसन फेयरको आयोजना गरेका छौँ । त्यस दिन हाम्रो एजुकेसन फेयरमा अस्ट्रेलियाका केही कलेजका प्रतिनिधिहरू पनि आउँदैछन् जसले आफूसँग भएको कार्सबारे जानकारी दिनेछन् । विदेश गएर पढ्न चाहने यसबारे सूचना चाहनेहरूका लागि र अब कुन पाइला चाल्ने भन्नेहरूका लागि यो एउटा स्टप हुनेछ । 

यदि कसैलाई विदेश पढ्न जानका लागि के–के कुरा चाहिन्छ त भन्ने बारे केही पनि थाहा छैन भने उनीहरूलाई यो एजुकेसन फेयर धेरै नै उपलब्धिमूलक हुनेछ । के पढ्ने होला, कति स्कोर ल्याउनुपर्छ होला, फाइनान्स कत्तिको देखाउनुपर्छ होला भनेर धेरैजना अलमलिनुहुन्छ होला, हामीले यस्ता समस्या हल गर्नका लागि नै यो एजुकेसन फेयरको आयोजना गर्न लागेका हौँ । 

अस्ट्रेलिया गइसकेका विद्यार्थीमा देख्नुभएको सबैभन्दा ठुलो समस्या के हो ?

अस्ट्रेलिया गएपछि मानिसहरूमा मैले देखेको सबैभन्दा ठुलो समस्या भनेको ‘क्रस कल्चरल एडजस्टमेन्ट’ हो । अस्ट्रेलिया हेर्दा निकै राम्रो देशजस्तो देखिन्छ, यो राम्रो छ पनि तर धेरै मानिसहरूले यो कति ठुलो छ र कत्तिको एक्लाउने खालको छ भन्ने थाहा छैन । कतिले मेलबर्नमा भएका परिवार वा साथीभाइको नजिक हुन्छु भनेर उनीहरू सिड्नीमा बस्छु भनेर सोच बनाइरहेको हुन सक्छन् तर यो विमानमा नै तीन घण्टा यात्रा गर्नुपर्ने गरी टाढा छ । त्यसैले उनीहरू कहाँ जाँदै छन् भनेर एक किसिमले जागरूक पनि हामी गराउँछन् । 

अर्को समस्या भनेको विदेशमा पढ्न जाँदा धेरैलाई ‘होम सिक’ हुने गर्छ । यसबारे कोसँग कुरा गर्ने भनेर पनि उनीहरूलाई थाहा हुँदैन । उनीहरूलाई डिप्रेसन महसुस भइरहेको पनि हुनसक्छ र आफूले चिनेको कसैलाई पनि यसबारे भन्न सहज नलागिरहेको पनि हुनसक्छ । उनीहरूले पढाइमा पनि राम्रो नगरिरहेको हुन सक्छन् । हाम्रो उद्देश्य यस्ता विद्यार्थीहरूलाई सहयोग गर्नु हो ।

नेपालमा हुँदा अस्ट्रेलिया गएपछि त ‘लाइफ सेटल’ हुन्छ भनेर धेरैले सोच्ने गर्छन्, के यो वास्तविकता हो ?

हो, यो साँच्चै हो । यसलाई वास्तविकतामा परिणत गर्न सकिन्छ पनि तर यसका लागि तपाईंले धेरै नै मेहनत गर्नुपर्छ । अस्ट्रेलियाको जीवनशैली यहाँको भन्दा निकै महँगो छ । तर तपाईंले धेरै पैसा कमाउन पनि सक्नुहुन्छ । यो एक प्रकारको ‘बिग एडजस्टमेन्ट’ हो । आफूले जीवनमा के खोजेको हो, त्यसलाई पहिचान पनि गर्नुपर्छ । कतिलाई क्लिनरको रूपमा वा रेष्टुरेन्ट, किचेनतिर काम पनि गर्न मन नलाग्ला तर अस्ट्रेलियामा यस्तै कामहरूमा धेरै तलब पाइन्छ । यसका लागि तपाईंले आफ्नो स्थानीय समूहसँग आबद्ध हुनैपर्छ । अस्ट्रेलियामा थुप्रै नेपाली समुदाय छन्, त्यसमा पनि हामी उनीहरूलाई आबद्ध हुन सहयोग गर्न सक्छौँ । त्यसैले अस्ट्रेलिया सुन्दर र उज्ज्वल भविष्य रोज्न चाहनेहरूका लागि प्रशस्तै सम्भावना रहेको देश हो । तर यसका लागि तपाईंले पढ्नुपर्‍यो, पढाइमा पास हुनुपर्‍यो, सामाजिक रूपमा घुलमिल हुनुपर्‍यो र बिल तिर्नका लागि काम पनि गर्नुपर्‍यो । 

अलेमामा अस्ट्रेलियाका लागि मात्रै प्रोसेसिङ गर्छ ?

होइन, हामीले अहिलेका लागि अस्ट्रेलियाबाहेकका अन्य देश जस्तै, क्यानडा, न्युजिल्याण्ड, अमेरिकालगायतका देशमा पनि भिसाका लागि प्रोसेसिङ गरिरहेका छौँ । 

उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेकाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?

छिटो सुरु गर्नुहोस् । अलि पछि मात्रै जान्छु भनेर सोचिरहनुभएको छ भने पनि यसको प्रक्रिया निकै लामो हुन्छ । IELTS वा पिटिई गर्नुभएको छैन भने गरिहाल्नुहोस् । धेरै थरी कुरा गर्नुपर्ने भएकोले यसका लागि अलि अगाडिदेखि नै प्रयास गर्नुपर्छ । यो नै मेरो सबैभन्दा ठुलो सल्लाह हो । के गर्ने होला भनेर सोच्न सक्नुभएको छैन भने पनि हामीसँग कुरा गर्नुहोस्, हामी तपाईंको करियरका लागि उत्कृष्ट विकल्प खोजिदिनेछौँ । 

अन्तिममा केही भन्न चाहनुहुन्छ ?

यदि तपाईं इच्छुक हुनुहुन्छ भने, हामीलाई निर्धक्कसँग सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो कार्यालय पानीपोखरीस्थित महिन्द्रा शोरुमको अगाडिपट्टी, ओस्कर बार एन्ड ग्रिलमा अवस्थित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप