शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : मटेयो कोभचिच, क्रोएसिया

पोजिसन : मिडफिल्डर, उमेर : २८ वर्ष
बिहीबार, २२ मङ्सिर २०७९, १५ : २८
बिहीबार, २२ मङ्सिर २०७९

लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र मटेयो कोभचिचको मिडफिल्ड कतार विश्वकपमा चम्किएको छ । यसमध्ये पनि कोभचिच सबैभन्दा खट्ने खेलाडीमा पर्दछन् । विपक्षीको खुट्टाबाट बल खोस्नेदेखि खुला बललाई गोलको अवसरमा परिणत गर्ने उनको क्षमता अद्भुत रहेको छ ।

डाइनामो जाग्रेबबाट आफ्नो क्लब करियर सुरुवात गरेका कोभचिचले इन्टर मिलान र रियल मड्रिडजस्ता महारथि टोलीबाट खेलिसकेका छन् । हाल प्रिमियर लिग क्लब चेल्सीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन् । रियलमा रहँदा उनले तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने चेल्सीबाट उनले सन् २०१८–१९ को युरोपा लिग र सन् २०२०–२१ को च्याम्पियन्स लिग जितेका छन् । उनी सन् २०१९–२० का लागि चेल्सीको वर्ष खेलाडी पनि बनेका थिए ।

सन् २०१३ मा क्रोएसियाको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका उनले देशलाई सन् २०१४, २०१८ र २०२२ को फिफा विश्वकपमा प्रतिनिधित्व गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप