लुम्बिनीमा सत्तारुढ गठबन्धनलाई रोक्न सक्ला एमालेले ? यस्तो छ अङ्कगणित
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि राजनीतिक समीकरण तरल देखिएको छ । बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्नेमा यो प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन गरी दुवै पक्षसँग प्रस्ट बहुमत जुटेको छैन ।
१८ प्रत्यक्ष र ११ समानुपातिक गरी नेकपा एमालेले २७ सिट पाएको छ । एमाले नेतृत्वकै गठबन्धनमा रहेर केही सिटमा तालमेल गरेको जसपा नेपालले प्रत्यक्षमा २ र समानुपातिकमा एक गरी जम्मा ३ सिट पाएको छ । सोही गठबन्धनमा रहेर केही सिटमा तालमेल गरेको राप्रपाले पनि दुई प्रत्यक्ष र दुई समानुपातिक गरी जम्मा ४ सिट पाएको छ । यी तीन दलको सांसद सङ्ख्या जम्मा ३६ मात्र हुन्छ ।
यस्तो अवस्थामा एमालेले सरकारका लागि दाबी गर्न थप ८ सांसद जुटाउनुपर्ने हुन्छ । यसका लागि ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टी र ३ सिट रहेको जनमत पार्टी उपयुक्त विकल्प हुन सक्छन् । त्यस अतिरिक्त थप एक सांसदको अभावलाई एमालेले स्वतन्त्र निर्वाचित ३ मध्येबाट कसैलाई साथ लिएर पूर्ति गर्न सक्छ ।
अर्कोतिर सत्तारुढ गठबन्धनसँग पनि प्रस्ट बहुमत पुग्दैन । १७ प्रत्यक्ष र १० समानुपातिक गरी नेपाली कांग्रेसको २७ सिट छ । यस्तै, नेकपा माओवादी केन्द्रको प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ४ गरी ९ सांसद छन् । त्यस्तै, सत्ता गठबन्धनमै रहेको लोसपासँग दुई प्रत्यक्ष र एक समानुपातिक गरी ३ सांसद छन् भने राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक सांसद छन् । यी सबै जोड्दा सत्ता गठबन्धनसँग ४१ सांसद हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई थप ३ सांसद आवश्यक हुन्छ ।
अपुग ३ सांसद जुटाउनका लागि यो गठबन्धनले तीन सिट रहेको जसपा नेपाल वा ३ सिट नै रहेको जनमत पार्टीमध्येबाट कुनै एक दललाई साथ लिन सक्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण