बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा धर्ना

बिहीबार, २२ मङ्सिर २०७९, १४ : ०२
बिहीबार, २२ मङ्सिर २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।  

प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।  १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । 

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप