शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ५९
बिहीबार, २२ मङ्सिर २०७९

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । 

बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।   बङ्गलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ  बनाउन बजेटरी सहयोगका रूपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप