शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल सायालाई लोकदोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ३६
बिहीबार, २२ मङ्सिर २०७९

सडक दुर्घटनामा घाइते भएकी मोडल साया भण्डारीलाई लोक दोहोरी कल्याणकारी कोषको तर्फबाट आर्थिक सहयोग गरिएको छ । 

उनलाई उपचाररत अस्पताल नर्भिकमा पुगेर लोक दोहोरी प्रतिस्ठानका पुर्व अध्यक्ष बन्द्री पंगेनी, रमेश बिजी लगायतका टोलीले कल्याणकारी कोषको तर्फबाट नगद ५० हजार आर्थिक सहयोग दिएका हुन् ।

सायाको उपचार राम्रो भइरहेको र उनी छिट्टै घरमा फर्किने रमेश बिजीले बताए ।  मोडल साया भण्डारी गत १० मंसिरमा सडक दुर्घटनामा परेकी थिइन् । उनी सवार स्कुटर स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनलाई तत्तकालै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले पनि उनको नर्भिकमै उपचार भइरहेको छ ।

मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’, ‘हेर ओई दैव हेर’, ‘देब्रे बर दाहिने पिपल’, ‘चेली ’, ‘सुगन्ध’,  ‘शासन’, ‘पिरती नलाम माया ‘, ‘चरी बनैमा’ लगायत हिट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप