शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ११
बिहीबार, २२ मङ्सिर २०७९

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ । 

उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

 उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । 
न्युन कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप