शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाटकीय महाभियोगपछि पेरुमा पहिलो पटक राष्ट्रपति बनिन् महिला

बिहीबार, २२ मङ्सिर २०७९, १२ : ०१
बिहीबार, २२ मङ्सिर २०७९

पेरुमा पहिलो पटक महिला राष्ट्रपति भएकी छिन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो । यसअघि उप–राष्ट्रपतिको पदमा रहेकी डिना बोलुवार्टेले लिमामा उक्त घटनापछि बुधबार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

त्यसै दिन पूर्व राष्ट्रपति क्यास्टिलोले असाधारण आपतकालीन सरकार गठन गर्दै आफूले संसदलाई विघटन गर्न लागेको बताएका थिए । तर सांसदहरूले यसलाई बेवास्ता गर्दै आपतकालीन बैठकमा उनलाई महाभियोग लगाए । त्यसपछि उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको थियो ।

स्थानीय मिडियाका अनुसार उनी मेक्सीकोको दूतावासतर्फ जाँदै गर्दा पक्राउ गरिएको थियो । ६० वर्षीया वकिल बोलुआर्टेले जुलाई २०२६ सम्म शासन गर्ने बताइन् । यो त्यहि समय हो जतिबेला कास्टिलोको राष्ट्रपतीय कार्यकाल समाप्त हुँदै थियो ।

शपथ ग्रहणपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन् । ‘म तपाईंहरुसँग देश बचाउनका लागि एउटा स्थान र समयको माग गर्छु,’ उनले भनिन् ।

बुधबारको घटनाको नाटकीय श्रृङ्खला त्यतिबेला सुरु भयो जब राष्ट्रपति पेड्रो कास्टिलोले टेलिभिजनमा सम्बोधनमा आपतकालिन अवस्थाको घोषणा गरे ।

उनले विपक्षी–नियन्त्रित संसदलाई विघटन गर्ने घोषणा गरे । यो एउटा यस्तो कदम थियो जसले धेरैलाई स्तब्ध बनाएको थियो । यसको विरोधमा धेरैले राजीनामासमेत दिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप