शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सिसको ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’

बिहीबार, २२ मङ्सिर २०७९, ११ : ०६
बिहीबार, २२ मङ्सिर २०७९

रक व्याण्ड एक्सिसले ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा ‘सोल्ड आउट कन्सर्ट’ मार्फत दर्शक नचाएको हो । पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो  ।

झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए । झिल्के एण्ड द कम्पनीको प्रस्तुतिपछि स्टेजमा देखिएको एक्सिसले दर्शकलाई नचाएन मात्र आफ्नो गीतमा उसले ‘वान्स मोर’ उत्तिकै पायो । व्याण्डका प्रमुख गायक सन्दिप विश्वकर्माले ‘तिमी फेरि आउन’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए ।

यो गीत सुन्दा दर्शक नोस्टाल्जिकसँगै सांगीतिक माहोलमा झुम्न तयार भइसकेका थिए । व्याण्डले ‘सात समुन्द्र’, ‘मुस्कान’, ‘एक चोटी’, ‘हे मोरी’, ‘अधुरो प्रेम’ लगायतका चर्चित गीत सुनाएका थिए । केही दिनअघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’ लाई व्याण्डले छुटाएन ।

व्याण्डले गीत सुनाइरहँदा दर्शकहरू पनि त्यही गीत गाइरहेका थिए । व्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । व्याण्डले आगामी महिना नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।

व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००३)’, ‘माफ गरि देउ (२००९)’ र ‘घर गाउँ(२०१७)’ तीन एल्बम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप