प्रदेश १ मा एक सिट पाएको जसपासँग सत्ताको साँचो

आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।
सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।
९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई एक सिट रहेको जसपाको समर्थन अनिवार्य हुन्छ ।
अर्कोतिर सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सिट प्राप्त गरेको छ । सोही गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी जम्मा १३ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सिट पाएको छ ।
यी तीन दल मिलेर सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद मात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई पनि एक सिट रहेको जसपा निर्णायक हुने देखिन्छ ।
निर्वाचनमा जसपा नेपाल र नेकपा एमालेबीच केही स्थानमा गठबन्धन भएको थियो । यस आधारमा जसपाले एमाले नेतृत्वको गठबन्धनलाई नै सघाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही दिनअघि चुनावसँगै एमालेसँगको गठबन्धनको औचित्य सकिएको अभिव्यक्ति दिएर विकल्पहरू खुला राखेका छन् ।
त्यसैले पनि प्रदेश १ को सत्ता समीकरण थप रोचक बन्ने देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर