मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ : मन्त्री चौधरी

बिहीबार, २२ मङ्सिर २०७९, १० : ४२
बिहीबार, २२ मङ्सिर २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरू मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भौतिक निर्माणका कामहरू गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरू समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिए । उनले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउनेबारेमा भने सरकारको ध्यान दिनुपर्ने बताए । उनले सरकार र निर्माण व्यवसायीहरूको सहकार्यबिना ठूला भौतिक निर्माणका पूर्वाधारहरू निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताए ।


उनले भने– ‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरु छन्, गुणस्तरका कामहरु नहुने कुरा, समयमा नसकिने कुराहरू छन्, यसलाई सम्बोधन गर्न जरुरी छ । हाम्रो पनि यसमा जवाफदेहीता छ । पैसा उपलब्ध गराउनेकुरामा पनि सरकारले ध्यान दिनुपर्छ । जबसम्म हामी सरकार पक्ष र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन त्यसबेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैनन् । धेरै प्रोजेक्टहरु रुग्ण भइरहेका छन् । ठेकेदारले छोडेर भाग्दा धेरै निर्माणका कामहरुले गति लिन नसकेको भन्ने छ ।’

मन्त्री चौधरीले ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीहरूले यसमा ध्यान दिन जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप