मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘इकु’ को तेस्रो सिरिज ‘इकु ३’ बन्ने

बिहीबार, २२ मङ्सिर २०७९, १० : ४३
बिहीबार, २२ मङ्सिर २०७९

पछिल्लो समय सिक्वेल फिल्म निर्माण बढेको छ । यस्तैमा हिट फिल्म ‘इकु’ को तेस्रो सिरिज ‘इकु ३’ निर्माण हुने भएको छ । ‘इकु ३’ पनि सुलेमान शंकरले नै निर्माण गर्न लागेका हुन् ।

अगामी चैतबाट छायांकन थाल्ने गरेर फिल्मको स्क्रिप्ट लेखनको काम भैरहेको छ । सानोपर्दाको टेलिश्रृखला ‘मेरी बास्सै’ मा जंगलमा बस्ने एकपात्र ‘इकु’ को भुमिका निर्वाह गरेर हिट भएपछि सुलेमानले यस्तै कथामा २००८ मा फिल्म ‘इकु’ बनाएका थिए । त्यसपछि ‘इकु : ब्याक अगेन’ बनाएका सुलेमानले अहिले यसैको तेस्रो सिक्वेल बनाउन लागेका हुन् । फिल्ममा सुलेमानकै अभिनय तथा निर्माण रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा छन् ।

‘अघिल्ला दुई श्रृंखला जंगलमा आधारित भएकोले यो पनि त्यस्तै कथामा बन्ने छ’ सुलेमानले भने ‘जंगल र जनावर बिना त ‘इकु’ सिरिज अधुरो हुन्छ । यसपटक जंगलका साथै गाउँमा पनि फिल्म छायांकन हुन्छ ।’ कमेडी कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई २०८१ सालको नयाँ वर्षमा प्रदर्शन गर्ने उनको योजना छ ।

‘इकु’ का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए । ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन । सुलेमानले केही अगाडि फिल्म ‘फिर्के’ निर्माण गरेका थिए । जसको ब्यवसाय राम्रो हुन सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप