मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पेरुमा संसद भङ्ग गर्न खोजेपछि राष्ट्रपतिलाई महाअभियोग, डिना बनिन् देशको पहिलो महिला राष्ट्रपति

बिहीबार, २२ मङ्सिर २०७९, १० : ३३
बिहीबार, २२ मङ्सिर २०७९

पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भङ्ग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो । 

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए । तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपत्कालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए । उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ ।

६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन्, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ । सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन् । ‘मैले के अनुरोध गर्छु भने अहिले  देश बचाउने समय हो’, उनले भनिन् ।

बुधवार  नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे । कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप