गुजरातमा भाजपाको एकतर्फी अग्रता, समर्थकद्वारा खुसीयाली मनाउन सुरु

लामो चुनावी अभियान र दुई चरणको मतदानपछि अब नतिजा आउने बेला आएको छ । गुजरात विधानसभा चुनावको मतगणना जारी छ। दिउँसोसम्म तस्बिर स्पष्ट हुन सक्छ।
गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना छ ।
गुजरात विधानसभाको १८२ सिटका लागि मतगणना जारी छ। भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ । कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ । यहाँ ४ सिट स्वतन्त्र र अन्य उम्मेदवारको खातामा गएको देखिन्छ । आज बिहान ८ बजेदेखि आधा घण्टा अगाडि हुलाक मतपत्रको गणना गरेपछि गुजरातमा इभीएम बाट मतगणना सुरु भएको छ ।
भाजपाकी रिवाबाले जामनगरबाट फेरि अग्रता लिएकी छिन् । त्यस्तै अहमदाबादबाट सीएम भूपेन्द्र पटेल अग्रतामा छन् । बीजेपीका हार्दिक पटेलले पनि दोस्रो राउण्डपछि विरमगामबाट अग्रता लिएका छन्। उनी पहिलो राउण्डमा पछि परेका थिए । आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार इशुदान गढवी पनि अगाडि छन् । भाजपाको अग्रता देखेर पार्टीका समर्थकहरूले उत्सव मनाउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै